अन्य जानकारीहरु
सार्वजनिक सुविधा
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी
Mission Statement
"कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी"
-
खेलकुद क्षेत्रमा विशिष्ट योगदान दिँदै नेपाल प्रहरी
२०८१-०१-०७काठमाडौं, ओमनमा हाल संचालन भइरहेको ACC Men’s Premier Cup प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टिमबाट सहभागी नेपाल प्रहरीका ५ जना क्रिकेट खेलाडीहरूमध्ये कतार विरुद्धको खेलमा प्रहरी सहायक हवल्दार दिपेन्द्र सिंह ऐरीले अन्तिम ओभरको ६ बलमा ६ छक्का प्रहार गर्दै एकै ओभरमा ६ छक्का प्रहार गर्ने नेपालको पहिलो क्रिकेटर बन्न सफल भए । T20I मा समेत दिपेन्द्र सिंह एकै ओभरमा ६ छक्का प्रहार गर्ने तेस्रो एवं समग्रमा अन्तर्राष्ट्रिय क्रिकेटमा पाँचौ खेलाडी बनी कीर्तिमान कायम गर्न सफल भए । यसैगरी उनी ICC को अलराउण्डर वरीयताक्रममा Men’s ICC T20I तर्फ विश्वको ११ औं स्थान र एसोसियट राष्ट्रको नम्बर १ अलराउण्डर बन्न समेत सफल भए । यस्तै १४औं जितपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिता,२०८० को उपाधि नेपाल पुलिस क्लबले जित्यो । उक्त प्रतियोगिताको फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै उक्त उपाधि जित्न सफल भएको हो । उल्लेखित जित र उपाधि हासिल प्रतिनिधि सफलता मात्र हुन् । यसरी फुटबल, क्रिकेट मात्र होइन भलिबल, महिला तथा पुरूष कबड्डी, पुरूष हक्की, एथ्लेटिक्स, भारोत्तोलन, बक्सिङ, कराते, तेक्वान्दो, ब्याडमिन्टन, टेबल टेनिस, कुस्ती लगायतका खेलहरूमा पनि नेपाल प्रहरीका खेलाडीहरूले उल्लेख्य सफलता हात पारेका छन् । समाजमा शान्ति सुरक्षा अमन चयन कायम गर्ने, अपराधको रोकथाम तथा अनुसन्धान गर्ने मुख्य जिम्मेवारी बहनका अतिरिक्त नेपाल प्रहरीले खेलकुद क्षेत्रलाई विशेष महत्वका साथ आत्मसाथ गर्दै आएको छ । विसं २००८ सालमा नेपाल प्रहरी फुटबल टिमको गठन भएसँगै नेपाल प्रहरीमा विधिवत रूपमा खेलकुद क्षेत्रले प्रवेश पाएको हो । विसं २०२३ सालमा श्री ५ महेन्द्र पुलिस क्लबको स्थापना भए पश्चात खेलकुद गतिविधिले थप सक्रियता प्राप्त गरेको थियो । नेपाल प्रहरी संगठनभित्र खेलकुद गतिविधिलाई गतिशिलता प्रदान गर्ने उद्देश्यले विसं २०२५ सालदेखि आईजिपी शिल्ड फुटबल प्रतियोगिताको प्रारम्भ गरिएको थियो । विसं २०३७ सालमा नेपाल प्रहरी केन्द्रीय खेलकुद समितिको स्थापना भए पछि नेपाल प्रहरीले फुटबल खेल लगायत अन्य खेलहरूलाई समेत क्रमिक रूपमा विकास र व्यवस्थित गर्दै लगेको छ । समितिमा प्रहरी महानिरीक्षक अध्यक्ष रहने प्रावधान रहेको छ ।नेपाल प्रहरी केन्द्रीय खेलकुद समितिको सुदृढिकरण एवम् खेलकुदलाई थप विकास गर्दै लैजाने सम्बन्धमा नेपाल प्रहरी खेलकुद समितिले आवश्यक नीति निर्माणको साथै विशेष पहल गर्दै आएको छ । समितिका सदस्य सचिव एवम् राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका निमित्त कार्यकारी निर्देशक प्रहरी नायव महानिरीक्षक उमेश राज जोशी भन्नुहुन्छ, “खेलकुदमा नेपाल प्रहरीको क्षमता थप सुदृढ बनाउने उद्देश्यले प्रतिष्ठानले काम गरिरहेको छ । यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाल प्रहरीका खेलाडीहरूले उल्लेख्य उपलब्धी हासिल गरेका छन् । अन्तर्राष्ट्रिय स्तरका खेलहरूमा समेत नेपाल प्रहरीका खेलाडीहरूले दुर्लभ कीर्तिमान् कायम गर्न सफल भएका छन् । जसबाट राष्ट्रिय खेलकुदमा समेत टेवा पुग्ने र नेपाल प्रहरीको साख तथा प्रहरी कर्मचारीमा मनोबल वृद्धि हुने अपेक्षा गरिएको छ ।”चालु आर्थिक वर्षको साउनदेखि हालसम्म नेपाल पुलिस क्लबले फुटबलतर्फ २ उपाधि, भलिबलतर्फ ४ उपाधि, क्रिकेटतर्फ २ उपाधि, हक्कीतर्फ १ उपाधि र महिला कबड्डीतर्फ १ उपाधि प्राप्त गरेको छ । सो अवधिमा विभिन्न समयमा विभिन्न स्थानमा भएका प्रतियोगितामध्ये नेपाल प्रहरीका खेलाडीहरूले एथ्लेटिक्सतर्फ ४ स्वर्ण, भारोत्तोलन पुरूषतर्फ २१ स्वर्ण, महिलातर्फ २४ स्वर्ण, बक्सिङतर्फ ५ स्वर्ण, करातेतर्फ २१ स्वर्ण, तेक्वान्दोतर्फ ३३ स्वर्ण, कुस्तीतर्फ २१ स्वर्ण, टेबल टेनिसतर्फ १ स्वर्ण पदक प्राप्त गरेका छन् । यसैगरी उक्त अवधिमा नेपाल पुलिस क्लबले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगतामध्ये ६ वटामा द्वितीय स्थान र ७ वटामा तृतीय स्थान हासिल गरेको छ । यसैगरी ती प्रतियोगितामा ४७ वटा रजत पदक र ५७ वटा कास्य पदक समेत प्राप्त गर्न सफल भएको छ । नेपाल प्रहरीका बाबुराम पुनले सन् १९७३ मा इरानको तेहरानमा ‘थर्ड फिफा कोचिङ स्कुल’ बाट कोचिङ लाईसेन्स प्राप्त गरेका थिए । स्व. रूपकराज शर्मा फिफाको रेफ्रि हुनुहुन्थ्यो । तत्कालिन अवस्थामा खेलकुदको शुरूवात भएपछि प्रहरी र नागरिकको सम्बन्ध सुमधुर भएको देखिन्छ । जसको कारण प्रहरी नागरिक सम्मिलित गराई राष्ट्रिय टिम खडा गरिएको थियो । त्यसैको विकास गर्दै हाल नेपाल पुलिस क्लब खेलकुदमा क्रियाशील छ । नेपाल प्रहरीले नेपाल प्रहरी कार्ययोजना,२०८० मा दिगो खेलकुद विकासको लागि विशेष खेलहरूलाई निर्धारित लक्ष्यसहितको कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने उद्देश्य लिएको छ । नेपाल प्रहरी खेलकुद समितिका सहसचिव एवम् नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “खेलकुदको माध्यमबाट प्रहरी र जनताबिच सम्बन्ध सुमधुर बन्ने गरेको छ । नेपाल प्रहरीका खेलाडीहरूले विभिन्न प्रतोयोगितामा उल्लेख्य सफलता हासिल गरेका छन् । यसबाट राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा नेपाल प्रहरीको विशिष्ट योगदानको साथै समाजमा सकारात्मक परिणाम देखिने गरेको छ । नेपाल प्रहरीले नेपाल पुलिस क्लबको खेलकुद क्रियाकलापलाई स्तरोन्नति गर्ने विशेष योजना बनाई कार्यान्वयन गर्ने नीति लिएको छ ।”विभिन्न प्रतियोगितामध्ये केही प्रतियोगिताहरूमा नेपाल प्रहरीका खेलाडीहरूले सर्वोत्कृष्ट स्ट्राईकर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट सेटर, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट सर्भर, बेष्ट बल्कर, उत्कृष्ट लिब्रो, उत्कृष्ट डिफेन्डर, बेष्ट स्पाईकरको साथै म्यान अफ दि म्याच घोषित भएका छन् । यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान् राख्न सफल भएका छन् । नेपाल प्रहरीका खेलाडीहरूले व्यवस्थापक, मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक लगायतका भूमिका समेत निर्वाह गर्दै आएका छन् । प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “ नेपाल प्रहरीका खेलाडीहरूलाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा सर्वोत्कृष्ट र अब्बल बनाउन समयसापेक्ष प्रशिक्षण प्रदान, खेलकुद वातावरण निर्माण र मनोबल उच्च राख्न प्रहरी संगठन क्रियाशील छ ।”
[ विस्तृतमा ] -
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०१-०७काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा कालिञ्चोक गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ३१ वर्षीय अरुण सिवाकोटी र धनकुटा महालक्ष्मी नगरपालिका-६ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४१ वर्षीय जगनाथ नेपाल रहेका छन् । पक्राउमध्ये अरूणले पोल्याण्ड पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको र जगनाथले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अरूणलाई काठमाडौं पेप्सीकोला र जगनाथलाई काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
[ विस्तृतमा ] -
दाइको हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०१-०७संखुवासभा, आफ्नै दाइ ४१ वर्षीय सनमान राईको हत्या गरेको अभियोगमा सभापोखरी गाउँपालिका-३ एथुम्बु बस्ने ३८ वर्षीय प्रविन राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।प्रविनले कुटपिट गर्दा सनमानको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय संखुवासभा र प्रहरी चौकी बाह्रविसेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ]
हाईलाईटहरु
- प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सञ्चारतर्फको प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८१।०१।०७ गते) ।
- प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सञ्चारतर्फको प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८१।०१।०७ गते) ।
- Invitation for Bids (2081-01-07)
- UN Global Vacancy Announcement for MINUSCA
- प्रहरी कल्याण कोषको मुद्दती निक्षेप लगानी सम्बन्धी सूचना
- Invitation for Online Bids (2081-01-04)
- प्राविधिक प्रहरी समूह, केनाईन उपसमूहतर्फका प्रहरी बरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८१।०१।०३ गते) ।